जनकपुरमा बालिकामाथि सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि

काठमाडौं– जनकपुरमा केही दिनअघि अपांगता भएकी एक बालिकाको हत्या गर्नुअघि अपराधीहरूले सामूहिक बलात्कार गरेको पुष्टि भएकाे छ । धनुषाको मिथिला नगरपालिकामा बिहीबार आधा शरीर जलेको अवस्थामा बालिकाको शव फेला परेको थियो । 

अनुसन्धानका क्रममा ११ वर्षीया बालिका दुतिया रैसेलीको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको प्रदेश २ प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय, धनुषाले पुष्टि गरेको छ ।

घटनामा संलग्न एक आरोपी पक्राउ परिसकेको प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले बताएका छन् । उनका अनुसार घटनापछि बालिकाको पहिचान लुकाउन शवलाई जलाइएको खुलेको छ ।

प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले पनि प्रहरी आरोपित नजिक पुगेको जानकारी गराए । 





  • प्रकाशित मिति : फागुन ६, २०७५ साेमबार १६:४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया