पुस १० को सहमति कार्यान्वयन गर्न सत्तागठबन्धन टिकाइराख्न जरुरी : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गत पुस १० गते भएको सहमतिलाई कार्यान्वयन गर्न सत्तारुढ दल दृढतापूर्वक उभिनुपर्ने पनि बताएका छन् ।

सोमबार रफ्त सञ्चार क्लबले भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै पूर्वमन्त्री ज्ञवालीले राष्ट्रपति निर्वाचन सम्पन्न गर्नका लागि सत्तारुढ गठबन्धनलाई टिकाइराख्न जरुरी रहेको बताएका हुन् ।  

मुलुकमा देखा परेका राजनीतिक अस्थिरता र अन्याेललाई हटाएर अघि बढन पनि सत्तारुढ गठबन्धन टिकाउन जरुरी रहेको उनको तर्क थियो । 

उपमहासचिव ज्ञवालीले राष्ट्रपतिबारे पुस १० गते सरकार बनाउने राजनीतिक दलहरुको बीचमा भएकाे समझदारी दृढतापूर्वक कार्यान्वयन हुनुपर्ने बताए । 

प्रतिपक्ष हुनका लागि निवेदन दिएकाे कांग्रेसले सत्ताको महत्वपूर्ण अंगहरुमा हिस्सेदार खोज्ने दोहोरो चरित्र देखाउन नहुने उनले जिकिर गरे ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार १७:४८:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया