रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्ति उनको व्यक्तिगत धारणा हो : रास्वपा नेता कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले पार्टीको बैठकमा छलफल नभएको विषयमा बोल्न बाध्य बनाउनु न्यायसंगत नभएको बताएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको बैठकमा छलफल नभएको विषय व्यक्तिको मात्रै धारणा रहेको बताएका हुन् । 

आइतबार रास्वपा अध्यक्ष रवि लामिछानेले पत्रकार सम्मेलनमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

आइतबार पत्रकार सम्मेलनमा पार्टी सभापति लामिछानेले बोलेको विषयमा उनले भने, 'ठूलो संख्याले रवि लामिछानेले बोलेका कुराहरू सही छन् भनिरहेका छन् । सञ्चारगतप्रतिको यो अविश्वास कसरी हुन गयो भन्ने पनि खोजी गर्नुहोला । अर्को ठूलो संख्याले पार्टी सभापति रहेर त्यत्रो पार्टी हाँकिरहेको मानिसले शब्द चयन गर्न नजानेको हो भनिरहेका छन् । त्यो सुझावलाई पनि मनन् गर्न पर्छ ।'

'संविधानले र संविधान मान्ने राष्ट्रिय स्वतन्त्र पार्टीले व्यक्तिगत स्वतन्त्रता र प्रेस स्वतन्त्रता दुवैको वकालत गर्छ । दुवैको अधिकार छ भन्छ । स्वतन्त्रताले अर्काको अधिकार क्षेत्र अतिक्रमण गरेमा कानुनी बाटो समाऊ भन्छ । कति आफ्नो अधिकार र कर्तव्य क्षेत्रमा पर्छ रु तपाईँहरू जान्ने हुनुहुन्छ, जान्नुहोस्,' उनले भने ।





  • प्रकाशित मिति : माघ २३, २०७९ साेमबार २२:६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया