आजको मौसम : चार प्रदेशमा हल्का हिमपातको सम्भावना
फाइल तस्बिर

आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको हो ।  

मंगलबार दिउँसो काठमाडौं उपत्यकासहित देशका उच्च पहाडी तथा हिमाली भेगमा आंशिक बदली रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।  

आज बिहान देशका केही भू–भागमा आंशिक बदली छ । तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ । बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ।  

मंगलबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ ।   





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ८:२:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया