जुम्लामा आगलागी हुँदा एक किशोरीको मृत्यु
फाइल तस्बिर

जुम्लामा एक घरमा आगलागी हुँदा जलेर एक किशोरीको मृत्यु भएको छ । जिल्लाको चन्दनाथ नगरपालिका–१ ठिन्के निवासी लोकबहादुर भण्डारीको घर आगालागी हुँदा १४ वर्षीया छोरी बन्दना भण्डारीको जलेर मृत्यु भएको हो । 

आइतबार राति करिब साढे १० बजेतिर भएको आगलागीबाट तीन कोठे घर पूर्णरूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।

तीन तले घरमा भण्डारीकी सासू, श्रीमतीसहित सातजना सुतेका थिए । आगलागी भएपछि अरू  घर बाहिर निस्कन सफल भएको तर ती बालिका तेस्रो तलमा भएका कारण निस्कन नपाई जलेकी थिइन् । 

घरको दोस्रो तलाबाट आगलागी भएको प्रहरी जनाएको छ ।   





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ९:६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया