माओवादी मधेश सरकारमा सहभागी, सुनिता मन्त्री र रहबर राज्यमन्त्रीमा नियुक्त

मधेश प्रदेशको सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीको रूपमा सुनिता यादव र राज्यमन्त्रीको रूपमा रहबर अन्सारी सरकारमा सहभागी भएका हुन् । 

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आज दिउँसो १ बजे सपथ लिने कार्यक्रम तोकिएको छ । यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले २९ पुसमा तीनजना मन्त्री र २० माघमा ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका थिए ।

अब मधेश सरकारमा मुख्यमन्त्री, १० मन्त्री र चार राज्यमन्त्रीसहित १५ सदस्यीय मन्त्रिपरिषद् हुनेछ । केन्द्रमा जसपा र माओवादीबीच वार्ता भएपछि मधेशमा माओवादी सरकारमा सहभागी भएको हो ।  





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ११:१५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया