रवीन्द्र खड्काद्वारा चलचित्र विकास बोर्डको सल्लाहकारबाट राजीनामा

कलाकार रवीन्द्र खड्काले चलचित्र विकास बोर्डको सल्लाहकार समितिबाट राजीनामा दिएका छन् ।

बोर्डले सल्लाहकार समितिसँग सल्लाह नगरी विवादित कार्य गर्दै आएको र सल्लाहकारको सल्लाहसमेत नमानेको भन्दै उनले पदबाट राजीनामा दिएका हुन् । 

चलचित्र कलाकार संघका अध्यक्षसमेत रहेका खड्काले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै राजीनामाको जानकारी दिएका हुन् । उनले आफ्नो राजीनामा कोही कसैसँगको व्यक्तिगत मनमुटाब कारणले नभएको पनि उल्लेख गरेका छन् ।   





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार ११:४८:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया