सेयर बजारमा मंगलबार उच्च अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ७६ दशमलव ६४ अंकले बढेर दुई हजार एक सय ७७ दशमलव ३५ विन्दुमा पुगेको छ ।
सबै समूहको सेयर बढेर बजार हरियाली भएकोमा आज माइक्रोफाइनान्स, जलविद्युत्, विकास बैंक र बिमा समूहको सेयर उच्च अंकले उकालो लागेको छ ।
बजारसँगै कारोबार रकममा पनि निकै सुधार आएको छ । दुई सय ६० वटा कम्पनीका ९३ लाख ३३ हजार कित्ता सेयर तीन अर्ब ३६ करोड २२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एनआइसी एसिया बैंक बैंकको १२ करोड ९२ लाख रुपैयाँको सेयर किनबेच भयो ।
आज वरुण हाइड्रो, खानीखोला हाइड्रो, राधी जलविद्युत् कम्पनी, रिडी पावर कम्पनी र आदर्श लघुवित्त कम्पनीको सेयर १० प्रतिशतले बढेको छ । आज नाैवटा म्युचुअल फन्डको सेयर सामान्य घटेको छ, बाँकी सबै कम्पनीको सेयर बढेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।