टर्की भूकम्पमा परी पाँच हजार एक सयको निधन, ज्यान गुमाउनेकाे संख्या ४० हजार नाघ्ने डब्ल्यूएचओकाे अनुमान

टर्कीमा साेमबार गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या हजार नाघेको छ । सिरियाको सीमानजिकै साेमबार ७.९ रेक्टरस्केलकाे भूकम्प गएकाे थियाे ।  

बिबिसीका अनुसार भूकम्पका कारण टर्कीमा तीन हजार पाँच सय र सिरियामा एक हजार छ सय जना गरी पाँच हजार एक सय जनाको ज्यान गएको पुष्टि भएको छ । २० हजार जना घाइते भएका छन् । 

विश्व स्वास्थ्य सङ्गठनले भूकम्पका कारण दुई करोड ३० लाख जना प्रत्यक्ष पीडित बनेका बताएको छ । दुवै देशमा गरेर हजारौँ साना घर र सात हजार वटा ठूला भवन भत्किएका छन् । 

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अहिलेसम्म विभिन्न देशबाट तीन हजार जना विशेष फौज आफ्नो देश आएकाे जानकारी दिएका छन् । अत्यधिक चिसो, हिमपात र वर्षाले गर्दा उद्धार र राहतमा कठिनाइ भइरहेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले भूकम्पका कारण ज्यान गुमाउनेको संख्या अहिले पुष्टि भएको संख्याकाे आठ गुणासम्म बढ्न सक्ने बताएको छ । जसअनुसार ज्यान गुमाउनेकाे संख्या ४० हजार नाघ्ने अनुमान गरिएकाे छ । 





  • प्रकाशित मिति : माघ २४, २०७९ मंगलबार १७:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया