नेपाली भाषीलाई ‘बिदेसी’ भन्ने भारतीय अदालतको निर्णयविरुद्ध सिक्किममा हडताल

भारतको सर्वोच्च अदालतले त्यहाँ बस्ने नेपालीभाषीलाई विदशी भने पछि उत्तरपूर्वी भारतको सिक्किम राज्य आज पूर्ण रुपमा बन्द भएको छ। 

जोइन्ट एक्सन काउन्सिल (संयुक्त कारबाही समिति)ले बन्दको  आह्वान गरेपछि सिक्किम पूर्ण रुपले बन्द भएको हो ।

सिक्किमको राजधानी गान्तोकसहित नाम्ची, ग्याल्सिङ, पाक्योङ र सोरेङ जिल्लाका पसल तथा बजार, यातायात, विद्यालय, कलकारखाना, बैंक तथा वित्तीय संस्था बन्द रहेका पत्रकार नितेषराज प्रधानले जानकारी दिएका छन् । 

हालै भारतको सर्वोच्च अदालतले सुनाएको एउटा फैसलामा सिक्किममा बसोबास गर्ने नेपालीभाषीलाई ‘विदेशी’ भनिएको थियो । सो फैसलामा सुनाइएको विरोध गर्दै सिक्कम बन्द आह्वान भएको हो। 

काउन्सिलको गरेको आजको बन्द आह्वानलाई स्थानीयले पनि पूर्ण समर्थन गरेका छन्।  

यसअघि सत्ता विपक्षी दल एसडिएफ पार्टीका अध्यक्ष र पूर्वमुख्यमन्त्री पवनकुमार चामिलङले फ्रेबुअरी ४ र ५ आह्वान गरेको बन्दको प्रभाव भने आंशिक मात्रै परेको थियो। 



तर, आज भने सिक्किम पूरै ठप्पको अवस्थामा छ । सिक्किममा भइरहेको आन्दोलनलाई दार्जिलिङका नेपाली भाषीले पनि समर्थन गरेका छन् । 



  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १६:११:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया