राष्ट्रपति भण्डारीले २८ माघमा रात्रिभोज आयोजना गर्ने

राष्ट्रपति विद्यादेवी भण्डारीले रात्रिभोज आयोजना गर्ने भएकी छिन्। 

राष्ट्रपति भण्डारीले माघ २८ गते ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा रात्रीभोजको आयोजना गर्ने भएकी हुन् ।

संघीय संसदका सांसद्‍हरुलाई भण्डारीले भोजका लागि मोबाइल म्यासेजमार्फत निम्तो दिएकाे जनता समाजवादी पाटी नेपालका सांसद राजकिशाेर यादवले जानकारी दिए । 

राष्ट्रपतिले आयोजना गर्ने रात्रिभाेजमा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरु, संवैधानिक निकायका उच्च अधिकारी, कूटनीतिक नियाेगका प्रमुखहरु उपस्थित हुनेछन् ।

आगामी २७ गते संघीय संसद प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई संयुक्त सम्बोधन गरेको भोलिपल्ट राष्ट्रपति भण्डारीले रात्रिभोजको आयोजना गर्न लागेकी हुन् ।

नेपालको संविधानले दुईपटकभन्दा राष्ट्रपति हुन नसक्ने व्यवस्था गरेकाे छ । राष्ट्रपति भण्डारीले आयोजना गरेकाे रात्रिभोजलाई बिदाइ भोजको रुपमा हेरिएको छ । 



निर्वाचन आयोगले २८ फागुनमा राष्ट्रपति निर्वाचनको घोषणा गरिसकेको छ । जसअनुसार मुलुकले राष्ट्रपतिमा तेस्रो नयाँ अनुहार पाउनेछ ।



  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १६:३६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया