मोरङमा बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

नेपाल प्रहरीले बुहारी बलात्कार गरेको आरोपमा ससुरालाई पक्राउ गरेको छ। 

सुनवर्षी नगरपालिका–१ मोरङवाट बुहारी बलात्कार गरेको आरोपमा  ससुरालाई पक्राउ गरेको हो । तर पक्राउ परे पनि नाम भने सार्वजनिक गरिएको छैन । प्रहरीका अनुसार उनीमाथि अनुसन्धान जारी छ ।  

मोरङ प्रहरीका डिएसपी टीकाबहादुर कार्कीका अनुसार सुनवर्षीकी २५ वर्षीया युवतीले हिजो ५८ वर्षीय ससुराविरुद्ध इलाका प्रहरी कार्यालय रंगेलीमा बलात्कार गरेको भनेर किटानी जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अमरदह प्रहरी चौकीवाट खटिएको टोलीले पक्राउ गरिएको कार्कीले जानकारी दिए ।

जबरजस्ती करणी मुद्दा चलाउन बुधवार अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान थालेको र पीडित महिलाको विराटनगरमा स्वास्थ्य परीक्षण गरिएको छ । 





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १७:३६:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया