राष्ट्रपतिबाट बालागुरु षडानन्द र योगमायाको सालिक अनावरण

राष्ट्रपति विद्यादेवी भण्डारीले बालागुरु षडानन्द अधिकारी र क्रान्तियोद्धा योगमायाको सालिक अनावरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले बुधबार षडानन्दको जन्म भएको ठाउँमा राखिएको सालिक र योगमायाको तपोभूमि साल्पासिलिछो–१ गौडेनीमा राखिएको योगमायाको सालिक अनावरण गरेकी छन्।

राष्ट्रपति भण्डारीले दिङ्लामा रहेको राम–सीता मन्दिरको दर्शन, षडानन्द वेद विद्याश्रमको अवलोकन, कैलाश डाँडाको आवलोकन, षडानन्द माध्यमिक विद्यालय र अरुण माध्यमिक विद्यालयको अवलोकन गरेकी छन्।

षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा निर्माण हुन लागेको योगमाया पार्कको प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शिलान्याससमेत गरेकी छन्। 

यो स्थानमा निर्माण हुने पार्कको विस्तृत परियोजना प्रतिवेदन तयार भएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले जानकारी दिए।





  • प्रकाशित मिति : माघ २५, २०७९ बुधबार १७:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया