राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेले सभापति गृहमन्त्रीबाट राजीनामा गर्न परेपछि रवि लामिछानेले पत्रकार सम्मेलन गरेर बोलेको विषयमा पार्टीले जिम्मेवारी नलिने बताएका छन् ।
उनले ट्विट गर्दै सरकारबाट बाहिरिने निर्णयलाई आफूले स्वामित्व लिए पनि पत्रकार सम्मेलनको आफू हिस्सा नभएको बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी एक नेताको भावनाबाट माथि उठेर युवा, सीमान्तकृत र आशा गरिएको नेपालका लागि खडा हुनुपर्ने भन्दै उनले छलफलबाट भएको विषय मात्र जिम्मा लिन सकिने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।