प्रजातन्त्र दिवसमा पूर्वराजा ज्ञानेन्द्रकाे चिन्ता- देश झन्‌झन् कमजोर बन्याे

काठमाडाैं- केही समययता चर्चामा नरहेका पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि एकपटक विज्ञप्तिमार्फत् देशप्रति आफ्नाे चासाे बाहिर ल्याएर चर्चामा आउने भएका छन् । ६९ ‌औं प्रजातन्त्र दिवसकाे अवसर पारेर शाहले आम जनताले प्रजातन्त्रकाे अनुभूति गर्न नपाएकाे दाबी गर्दै विज्ञप्ति निकालेका छन् ।

उनले आफूले केही समयअघि गरेकाे देश भ्रमणमा जनताले हित, सुरक्षा तथा विकासकाे अनुभूति गर्न नपाएकाे आफूले महसुस गरेकाे बताएका छन् । 

‘हामी र हाम्रा पूर्खाहरुको पुख्र्यौली आदर्श प्रजातन्त्र हो । सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन सक्दैन । जनताको हित, सूरक्षा र विकासको मूलभुत साधन प्रजातन्त्र नै हो,’ शाहकाे विज्ञप्तिमा उल्लेख छ । 

 

पछिल्लाे समय आम नागरिकमा हिनताबाेध विकास भएकाे, देश छाडेर विदेशिने माेह पलाएकाे, देशप्रतिकाे निष्ठामा कमी आएकाले देश झन् कमजाेर बनेकाे प्रतिक्रिया दिएका छन् ।

उनले पछिल्लो समयमा मुलुकको राष्ट्रियता समेत निकै कमजोर स्थितिमा पुगेको दाबी गर्दै सनातनिक धर्म, संस्कृति र आफ्नै मौलिक आदर्श र मान्यता समेत धर्मान्तरको प्रक्रियाबाट आक्रान्त भएको कहालिलाग्दो दुःखद अवस्था देखापरेको बताएका छन् ।



आज प्रजातन्त्र दिवस देशका विभिन्न ठाउँमा विभन्न कार्यक्रम गरेर मनाइँदै छ ।



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार ०:५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया