अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग ९युएसएआइडी० प्रमुख सामन्था पावरले नेपालमा अमेरिकाले गरेको लगानीमा भूराजनीतिक सम्बन्ध नरहेको बताएकी छन् ।
बुधबार दुई दिने नेपाल भ्रमणका क्रममा काठमाडौं आएकी उनले अमेरिकाले नेपालसँगको मित्रताको सम्बन्धलाई बिस्तार गर्न चाहेको बताइन् । नेपालसँग सम्बन्ध स्थापित गरेर सँगै काम गर्न अमेरिका इच्छुक रहेको बताइन्।
नेपाल र अमेरिकाबीचको सम्बन्ध सुमधुर बनाउनका लागि अमेरिकाले विगत लामो समयदेखि नै नेपालका विभिन्न क्षेत्रहरुमा सहयोग गर्दै आएको बताउँदै उनले नेपालमा अमेरिकाले गर्दै आएको सहयोग र आगामी दिनमा गर्ने सहयोगमा कुनै भूराजनीतिक सम्बन्ध नरहने दाबी गरिन्।
उनले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने ’प्रजातन्त्र सम्मेलन’मा नेपालका प्रधानमन्त्रीलाई पुष्पकमल दाहाललाई पनि निमन्त्रणा गरेको जानकारी दिइन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।