\
मकवानपुरमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट घास काट्न गएकी हेटौंडा १८ रामधुनीकी महिला घाइते भएकी हुन् ।
जंगलमा घाँस काट्न गएकी स्थानीय ५५ वर्षीया मैती बयलकोटी बुधबार अपरान्ह ४ बजे बाघको आक्रमणबाट घाइते भएकी हुन् । उनको गाला, ओठ र ढाडमा चोट लागेको छ ।
उनलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।