टर्की भूकम्पमा मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो
फरकधार / २६ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

टर्की र सिरियामा सोमबार बिहान गएको ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । टर्कीमा भूकम्पबाट १२ हजार र सिरियामा ३ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । 



सञ्चारमाध्यमका अनुसार हालसम्म टर्कीमा १२ हजार ३ सय ९१ जनाको मृत्यु हुनुका साथै ६२ हजार ९१४ जना घाइते भएका छन् । सिरियामा भूकम्पबाट ३ हजार ४२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।  



अत्यधिक चिसो मौसमबीच उद्धार जारी रहे पनि सहायता संस्थाहरूले भग्नावशेषमा पुरिएका व्यक्तिहरूलाई जीवितै भेटाउने सम्भावना कम हुँदै गएको बताइरहेका छन् । यो सँगै मृतकको संख्या अझै बढ्ने देखिन्छ । 



अत्यधिक चिसोका बाबजुद रातको समयमा समेत खोजी प्रयासहरू जारी रहँदा भग्नावशेषमुनि बाँचेकाहरूलाई भेट्ने समय कम हुँदै गएको हो । 







  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ९:५०:२२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया