एजेन्सी- भारतीय टेनिस खेलाडी सानिया मिर्जाले पुलवामामा भएकाे भारतीय सैनिकमाथिकाे आक्रमणबारे सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा पाेस्ट गरेकी छिन् । त्यसमा उनले लेखेकी छिन्- फ्रेबुअरी १४ भारतका लागि एउटा कालाे दिन हाे ।
उनले यही पाेस्टमा सेलेब्रिटीसँग प्रत्येक कुरामा प्रतिक्रिया माग्नेहरुविरुद्ध पनि रिस पाेखेकी छिन् । कतिले उनकाे याे पाेस्टलाई समर्थन गरेका छन् । तर, कतिले त उनकाे याे पाेस्टमा कमेन्ट गरेका छन्- नाइस जाेक ।
'याे दिन भुल्न सकिँदैन,' उनले लेखेकी छिन्, '१४ फ्रेबुअरी भारतका लागि कालाे दिन हाे । म सैनिक जवान र उनीहरुकाे परिवारसँग छु र उनीहरुकाे याेगदान भुल्न सकिँदैन ।' उनले याे निकै लामाे पाेस्टमा आफ्ना भावना खुलेर पाेखेकी छिन् । तर, उनकाे याे पाेस्टमा कसैले नाइस जाेक कमेन्ट गरेका छन् भने कसैले पाकिस्तान मुर्दावाद ।
भारत प्रशासित कश्मीरमा 14 फ्रबुअरीमा पुलवामामा सीआरपीएफ सेनाकाे दफ्तरमा आक्रमण हुँदा 40 भारतीय सेनाकाे मृत्यु भएकाे थियाे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।