माया खोला हाइड्रोपावरको आइपिओ बाँडफाँट
फरकधार / २६ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

माया खोला हाइड्रोपावर लिमिटेडको धितोपत्रको पारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बाँडफाँट भएको छ । आज बिहान कम्पनीको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आइपिओ बाँडफाँट गरेको हो । 



कम्पनीले १३ माघ देखि १७ माघसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख ९२ हजार कित्ता साधारण सेयर निष्कासन गरेको थियो ।



उक्त आइपिओमा कुल १४ लाख ३५ हजार ३१३ आवेदकबाट १ करोड ६३ लाख ६ हजार ७६० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये एक लाख ५६ हजार ६२५ जनाको आवेदन रद्द भएको र १२ लाख ७८ हजार ६८८ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ ।  



गोलाप्रथाबाट १ लाख ९९ हजार २०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । माया खोला हाइड्रोपावर कम्पनीले संखुवासभाको धर्मदेवी नगरपालिकामा १४.९ मेगावाट क्षमताको मायाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।   







  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार ११:५३:५७,   अन्तिम अपडेट : माघ २६, २०७९ बिहीबार ११:५५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया