रुसमाथि नयाँ प्रतिबन्ध लगाउने बेलायतको घोषणा

युक्रेन युद्धको विषयलाई लिएर बेलायतले रुसविरुद्ध थप प्रतिबन्धको घोषणा गरेको छ । बेलायतका विदेश मन्त्री जेम्स क्लिभरलीले बुधबार रुसी सेना र क्रेमलिन अभिजात वर्गहरूविरुद्ध नयाँ चरणको प्रतिबन्धको घोषणा गरेका छन् ।

युक्रेनका राष्ट्रपति जेलेन्स्की बेलायती प्रधानमन्त्री ऋषि सुनक र राजा चार्ल्ससँग भेटघाट गर्न बेलायत पुगेका हुन् । उनले बेलायतको संसदलाई सम्बोधन गर्ने कार्यक्रमका बीच यो घोषणा भएको हो ।  

यो घोषणा युक्रेनविरुद्ध ड्रोन जस्ता विभिन्न किसिमका सैन्य उपकरणहरू उपलब्ध गराउने ६ वटा संस्थाहरू, कुलीन आठ व्यक्तिहरू र एउटा संस्थाविरुद्ध केन्द्रित हुनेछ । बेलायती विदेशमन्त्री क्लिभरलीले यो प्रतिबन्धले रुसी राष्ट्रपति भ्लाद्मिर पुटिनलाई थप आर्थिक दबाबपर्ने बताएका छन् ।

यो लागू प्रतिबन्ध सीएसटी, ड्रोन निर्माता, आरटी–कम्प्लेक्ट, द्वन्द्वमा प्रयोग हुने हेलिकोप्टरका पार्टपुर्जाहरू बनाउने कम्पनी र अन्य सैन्य उपकरणहरूको ढुवानी व्यवस्थापन गर्ने ओबोरोनोलोजिस्टि, एन्टी–एयरक्राफ्ट मिसाइल निर्माणसँग सम्बन्धित छ । त्यसैगरी सैन्य उड्डयनमा संलग्न सफ्टवेयर कम्पनी टोपाजलगायतलाई पनि बेलायतले प्रतिबन्ध लगाएको छ । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १२:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया