युक्रेनी राष्ट्रपति जेलिन्स्की अचानक फ्रान्समा
फाइल तस्बिर

युक्रेनका राष्ट्रपति अकस्मात् फ्रान्सको भ्रमणमा पुगेका छन् । राष्ट्रपति भोलोदिमिर जेलिन्स्की बुधबार अकस्मात् फ्रान्स पुगेका हुन् ।

संयुक्त अधिराज्यको भ्रमणपछि उनी अकस्मात् पेरिस पुगेका युक्रेनी राष्ट्रपतिको कार्यालयले बुधबार जारी गरेको एक सूचनामा जनाएको छ ।

राष्ट्रपति जेलिन्स्किीले बुधबार नै फ्रान्सेली राष्ट्रपति इमानुअल म्याक्रोँसँग भेटवार्ता पनि गरेका छन् । त्यसैगरी उनले जर्मन चान्स्लर ओलफ स्कल्जसँग पनि पेरिसमा नै भेटवार्ता गरेका छन् । उनीहरूका बीचमा बुधबार त्रिपक्षीय वार्ता भएको सो समाचारमा जनाइएको छ ।  

त्यस्तै, उनीहरू तिनैजना बुधबार राति रात्रिभोजमा पनि सहभागी भएको बताइएको छ । त्यस अवसरमा युक्रेनका राष्ट्रपति जेलेन्सकीले युक्रेनको हालको अवस्थाका बारेमा जानकारी गराएका थिए । 

सो जानकारी पछि गएको वर्षदिनदेखि रुसले आक्रमण गरी समस्यामा परेको युक्रेनका लागि के कस्तो सहयोग पुर्याउन सकिन्छ भन्ने बारेमा पनि कुराकानी भएको बताइएको छ ।

गत वर्ष रुसले युक्रेनमाथि हमला गरेपछि फ्रान्स र जर्मनीले नै युक्रेनको पक्षमा उभिएका मात्र नभएर आर्थिक तथा सुरक्षा सम्बन्धी युक्रेनलाई सहयोग गर्दै आएका छन् । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १४:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया