logo-img

ऊर्जामन्त्री लिङ्देनसँग युई राजदूत डिप्रेजको भेटवार्ता

नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजले उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेकी छन् । 

बिहीबार सिंहदरबारस्थित ऊर्जा मन्त्रालय पुगेर उनले मन्त्री लिङ्देनसँग भेटवार्ता गरेकी हुन् । भेटका क्रममा नेपालको ऊर्जा विकाससहित आगामी दिनमा गर्नुपर्ने कार्यका विषयमा छलफल भएको छ । नेपालको ऊर्जासहितको विकासमा युरोपियन युनियनले सहयोग गर्ने राजदूत डिप्रेजले बताएकी छन् । 

मन्त्री लिङ्देनले बंगलादेशसँग विद्युत् निर्यात गर्ने गरी व्यापार सम्झौता हुने जानकारी दिँदै आफूले विद्युत् उत्पादन, प्रसारण र बजारीकरणलाई प्राथमिकतामा राखेको बताए । 
 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १७:५४:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया