सुदूरपश्चिममा पुरानो गठबन्धन ब्युँताउन माओवादी सकारात्मक

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको समर्थनमा नयाँ सरकार बनाउने तयारी भइरहेको छ । 

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल नेतृत्वको सरकारले एक महिनाभित्र विश्वासको मत प्राप्त गर्न नसकेपछि नेकपा एमाले नेतृत्वको सरकार ढलेको हो । नयाँ परिस्थितिमा चुनावअघिको गठबन्धन ब्युँताउन माओवादी सकारात्मक भएसँगै पुरानो गठबन्धन ब्युँतिने भएको हो । 

एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन माओवादी केन्द्र पनि सकारात्मक रहेको दाबी गरेका छन् । उनले भने, ‘हामी माओवादीलाई पनि सरकारमा सहभागी गराउने विषयमा छलफल भइरहेको छ । केन्द्रमा पनि नेताहरुबीच छलफल हो ।’

आफूहरु कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुने बताए । उनले भने, ‘हामी कांग्रेस सरकारमा सामेल भैहाल्छौं । सँगै चुनाव लडेर आयौं । हाम्रा भोटले कांग्रेस जित्यो, कांग्रेसका भोटले हामी जित्यौं ।’

सुदूरपश्चिममा कांग्रेस संसदीय दलका नेता कमल शाह मुख्यमन्त्री बन्दै छन् । सुदूरपश्चिममा १९ सांसदसहित कांग्रेस सबैभन्दा ठूलो दल छ ।
 
प्रदेशसभाबाट पत्र गएपछि प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनका लागि संसद्को सबैभन्दा ठूलो दललाई आह्वान गर्नेछन् । 

कांग्रेसलाई पनि विश्वासको मत पाउन नाउपा र एकीकृत समाजवादीको समर्थन आवश्यक हुनेछ । नाउपाले साथ नदिए माओवादी केन्द्रको साथ शाहलाई अनिवार्य छ । 





  • प्रकाशित मिति : माघ २६, २०७९ बिहीबार १९:४:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया