'विश्वकपमा पनि पाकिस्तानसँग भारत नखेल्न सक्छ'

एजेन्सी- पुलवामा आतंककारी आक्रमणपछि इन्डियन प्रिमियर लिगका अध्यक्ष राजीव शुक्लाले भारत र पाकिस्तानका अब हुने भनिएका खेल नहुन सक्ने बताएका छन् । उनले भारत सरकारले आदेश वा अनुमति नदिएसम्म भारतले पाकिस्तानसँग क्रिकेट नखेल्ने बताएका हुन् ।

'हाम्राे कुरा स्पष्ट छ । जबसम्म सरकारले अनुमति दिँदैन तबसम्म कुनै क्रिकेट खेल पाकिस्तानसँग खेलिँदैन,' उनले भनेका छन्, 'देश खेलभन्दा माथि हुन्छ ।' इंग्ल्यान्डमा ३० मेमा सुरु हुने एक दिवशीय विश्वकपमा भारत र पाकिस्तानकाे खेल १६ जुनका लागि प्रस्तावित गरिएकाे थियाे । तर, अब याे खेल हुने वा नहुने भन्ने अन्याेल बढेकाे छ ।

अर्काेतिर कश्मीरमा भएकाे आक्रमणपछि भारतका विभिन्न ठाउँमा वा स्टेडियममा रहेका पाकिस्तानी क्रिकेटरका तस्वीर हटाइएका छन् ।






  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १:३:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया