टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १९ हजार नाघ्यो

गत सोमबार बिहान टर्की र सिरियामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १९ हजार नाघेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म यी दुई देशमा भूकम्पबाट १९ हजार ३ सयभन्दा बढीको मृत्यु भएको छ । 

भूकम्पमा परी भग्नावशेषमा पुरिएका मानिसहरूलाई जीवित भेट्ने आशा क्षीण हुँदै गएको टर्की र सिरियाका अधिकारीहरूले जनाएका छन् । 

टर्कीका अधिकारीका अनुसार टर्कीमा मात्र मुत्यु हुनेको सङ्ख्या झन्डै १५ हजारभन्दा बढी पुगेको छ । अत्यधिक चिसोका कारण चौथो दिनदेखि खोजीमा बाधा पुगेको छ । विज्ञहरूले जीवन बचाउने सबैभन्दा सम्भाव्य अवधिका रूपमा लिएको ७२ घण्टाको समय बितिसकेको छ । 

बाब अल–हवा सीमा नाकाका एक अधिकारीले एएफपीलाई बताएअनुसार विद्रोहीको कब्जामा रहेको उत्तरपश्चिमी सिरियामा बिहीबार सहायता पुगेको छ ।

एक दशक लामो गृहयुद्धमा र हवाई आक्रमणका कारण अधिकांश सुविधासम्पन्न अस्पतालहरू ध्वस्त बनेका थिए, अर्थतन्त्र ध्वस्त बनेको थियो र बिजुली, इन्धन र पानीको अभाव हुँदै आएको थियो ।

टर्कीको दक्षिणी प्रान्त कहरामनमारसमा स्थानीय समयअनुसार सोमबार बिहान ४ः१७ बजे ७.८ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यसको केही मिनेटपछि देशको दक्षिणी प्रान्त गाजियान्टेपमा ६.४ म्याग्निच्यूडको भूकम्प गएको थियो । त्यस्तै, सोही दिन दिउँसो १ः२४ मा ७.६ म्याग्निच्यूडको भूकम्प गएको थियो । 





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार ८:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया