सामाजिक अभियन्ता तारा बराल पक्राउ परेकी छन् । उनी राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडिबाट पक्राउ परेकी हुन् ।
उनले सामाजिक सञ्जालमा सेयर गरेको एक भिडियोमा राष्ट्रपति विरुद्ध नाराबाजी भएको सुनिन्छ ।
नागरिकता विधेयकको विषयमा राष्ट्रपतिको कार्यालय महाराजगन्ज अगाडि प्रदर्शन गर्न पुगेकी उनलाई प्रहरीले पक्राउ गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।