विश्वकै हिंस्रक सहर जहाँ मारिन्छन् सयौँ मानिस

विश्वका सुन्दर, शान्त, सफा वा यस्तै खालका अनेक सहरबारे हामीले सुन्दै आइरहेका त हौँ । तर सहर त यस्ता पनि छन् जसबारे सुन्दा हामीलाई पत्यार नलाग्न सक्छ ।

हो, हालसालै मात्रै सिटिजन काउन्सिल फर पब्लिक सेफ्टी एण्ड जस्टिस (सिसिएसपीजेपी)ले गरेको अध्ययनले विश्वको सबैभन्दा हिंस्रक सहरको सूचना जारी भएको छ । ल्याटिन अमेरिकाका धेरैजसो सहर यसको सूचीमा सूचिकृत छन् ।

मेक्सिको नागरिक संगठन सिसिएसपीजेपीको रिपोर्टमा यस्ता ५० सहरका बारे बताएको छ । यो संगठनले त्यहाँका एकलाख मानिसमाथि हत्याको आंकलन गरेर यो सूची तयार गरेको हो । यी ५० शहरमध्यबाट १७ सहर ब्राजीलका छन् भने मेक्सिकोका ५, भेनेजुएला ३, कोलम्बिया ३ र होण्डुराइसमा २ सहर रहेका छन् । यसका साथै एल् साल्वाडोर, ग्वाटेमाला र पोएर्तो रिकोमा पनि १/१ सहर रहेका छन् ।

त्यसो त मेक्सिकोमा उत्तर–पश्चिमी प्रान्तको बाहा क्यालिफोर्निया सुकालस काबोस सहरलाई पर्यटकीय गन्तव्यका रुपमा चिनिन्छ । तर यो वर्ष यस सहरलाई दुनियाको सबैभन्दा हिंस्रक देशको सूचीमध्य पहिलो स्थानमा राखिएको छ ।

सिसिएसपिजेपीले तीनलाख जनसंख्या रहेको सहरमा गरेको अध्ययनमा के पाइयो भने, अहिलेको समयमा त्यहाँ हिंसा तीव्र रुपले बढेको छ । एक सालको अवधिभित्र हिंसामा झण्डै पाँचसय प्रतिशतले बृद्धि भएको छ । सरसर्ती हेर्ने हो भने २०१६ मा त्यहाँ ६१ घटना हत्याका भएका थिए ।

यस्तै २०१७ मा आएर यो सहरमा ३६५ हत्या भए । मेक्सिकोमा १ लाख व्यक्तिमाथि हत्याको दर करिब एकसय एघार थियो । दुनियाले विकास र समृद्धिका अनेक कुरामा फड्को मारिरहँदा यहाँ भने हिंसामा बृद्धि भएको छ । २०१५ को सूचीमा मेक्सिकोका ५ सहर हिंस्रकको सूचीमा थिए ।



तर यसपटक चाहिँ मेक्सिकोकै १२ सहर रहेका छन् । यसैगरि २०१७ मा आएर दुनियाका शिर्ष १० सहरमध्य ५ सहर म्याक्सिकोका छन् । आखिर मेक्सिकोमा यतिविधि हिंसा हुनुको कारण के त ? सिसिएसपिजेपी संगठन भन्छ– यस देशको वरपर आपराधिक समूहको विरुद्ध लडाँइ गर्ने कुनै रोडम्याप छैन । र यहीँ हिंसाको सबैभन्दा खराब स्तर देखिन्छ ।



  • प्रकाशित मिति : फागुन ७, २०७५ मंगलबार १:२६:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया