पदभार ग्रहण गर्दै मुख्यमन्त्री शाहले भने - भ्रष्टाचार अन्त्यका लागी छानबिन हुन्छ

सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमल शाहले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पदभार सम्हालेका छन् । पदभार ग्रहणसँगै शाहले भ्रष्टाचार सम्बन्धी धेरै कुरा बाहिर आएको भन्दै त्यसको अन्त्यका लागी छानबिन गर्ने निर्णय गरेका छन् ।

भ्रष्टाचारलाई निर्मूल गर्ने उद्देश्यले भ्रष्टाचार विरुद्धको प्रादेशिक कार्य योजना तर्जुमा समिति गठन गर्ने निर्णय गरेको शाहले बताए । उनले भ्रष्टाचार अन्त्यका लागी छानबिन हुने बताएका छन् । समितिले ३० दिनभित्र प्रदेशको अवस्था तयार पार्ने र त्यसपछि आवश्यक कदम चालिने शाहले बताए । प्रदेश सरकारमा भएको अनियमितता र भ्रष्टाचारलाई नियन्त्रण गर्ने मुख्यमन्त्री शाहले पहिलो निर्णय गरेका छन् । 

यो सरकारलाई नियमित गर्नका लागी प्रदेशका सबै पार्टी सँग बहस गर्ने गरी सबै मिलेर प्रदेशको विकास गर्नमा लागी पर्ने उनले बताए । उनले आफू नेतृत्वको सरकारले विश्वासको मत पाउने समेत दाबी गरे ।

प्रदेशमा दुई जना नवनियुक्त मन्त्रीहरूले पनि जिम्मेवारी सम्हालेका छन् । नेकपा (एकीकृत समाजवादी)का तर्फ बाट नरेश शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् भने नेपाली कांग्रेसका तर्फबाट प्रकाश देउवाले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी आज बाट सम्हालेका छन् ।





  • प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार १८:२०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया