राष्ट्रपतिको निम्तो मान्न शीतलनिवास जाँदै सांसद
फरकधार / २८ माघ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदलाई शीतल निवासमा बोलाएकी छन् । राष्ट्रपतिका कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार सांसदहरूलाई दिउँसो ३ बजेका लागि शीतल निवासमा बोलाइएको हो ।  



उनका अनुसार बधाई तथा शुभकामना दिन राष्ट्रपति भण्डारीले प्रतिनिधि सभाका सांसदलाई शीतल निवास बोलाएकी हुन् । 



सबै राजनीतिक दलहरू नयाँ राष्ट्रपतिको उम्मेदवार चयन गर्ने छलफलमा केन्द्रित रहँदा कार्यकाल सकेर बिदा हुने अन्तिम समयमा शीतल निवास बोलाएकी हुन् । 



भण्डारीको कार्यकाल २८ फागुनमा सकिँदै छ । नयाँ राष्ट्रपतिका लागि २५ फागुनमा चुनावको मिति तय गरिएको छ ।   







  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार ८:१८:१७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया