इजिप्टमा भवन भत्किँदा दुईको मृत्यु, २० जना घाइते

उत्तरी इजिप्टमा शुक्रबार चारतले आवासीय भवन भत्किँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य २० जना घाइते भएका छन् । 

राज्य सञ्चालित नाइल टिभीले जनाए अनुसार राजधानी कायरोको उत्तरमा रहेको बेहेरा प्रान्तमा रहेको उक्त भवन ग्यास सिलिन्डर विस्फोटका कारण भत्किएको हो । 

दुर्घटनामा दुईजना अझै बेपत्ता भएकाले भग्नावशेषमुनि बाँचेकाहरूको खोजी कार्य जारी रहेको उद्धार टोलीले जनाएको छ ।

घटनास्थलमा ३० वटा एम्बुलेन्स पुगेर पीडितलाई नजिकैको सरकारी अस्पतालमा लगिएको छ भने भत्किएको भवनको वरिपरी प्रहरी घेराबन्दी गरिएको छ । 





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार १२:२०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया