विधान संशोधन भएपछि मात्रै नयाँ कार्यसमिति चयन हुने

पेट्रोलियम डिलर्स एसोसिएसन जनकपुरधामको नयाँ कार्यसमितिको चयन विधान संशोधन भएपछि मात्रै गरिने सहमति भएको छ । १५औँ साधारणसभाको बन्द सत्रमा दुईपक्षबीच विवाद उत्पन्न भएके थियो । 

विधान संशोधन नभएसम्मका लागि वर्तमान कार्यसमिति नै यथावत् रहने निर्वाचन अधिकृत राजनप्रसाद दाहालले जानकारी दिएका हुन् । विधान संशोधनका लागि इन्जिनयर रत्नकुमार पूर्वेको संयोजकत्वमा ३ सदस्यीय विधान संसोधन समिति गठन गरिएको उनले बताए । 

समितिको सदस्यमा एसोसिएनका केन्द्रीय सदस्य बजरंगप्रसाद साह र माँ जानकी यातायात बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरी सदस्य रहेको अधिकृत दाहालले बताए ।





  • प्रकाशित मिति : माघ २८, २०७९ शनिबार २१:३८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया