१० वर्षपछि अभिनयमा फर्किदै राजबल्लभ कोइराला

सन् २००७ मा चलचित्र ‘पर्खि बसेँ’बाट अभिनयको सुरुआत गरेका अभिनेता राजबल्लभ कोइरालाले ‘कामिनो’ मा अभिनय गरेका छन् । पछिल्लो समय ‘हाइवे टु धम्पुस’मा देखारेका उनी झन्डै १० वर्षपश्चात अभिनय गर्दै छन् । 

‘आफू सुहाउँदो भूमिका पाएँ । र, यो महत्वपूर्ण मध्येको एक हो,’ अभिनेता कोइरालाले भने, ‘मेरो छायाँकन ब्राजिल र मेक्सिकोमा तय भएको छ ।’ 

अमेरिकाको क्यालिफोर्निया बसोबास गर्ने अभिनेता कोइरालाले चलचित्रका लागि नेपाल आउने विषयमा माग र आवश्यकतामा आधार रहने बताए । अभिनेता प्रदीप खड्का र अभिनेत्री वर्षा सिवाकोटीपश्चात अभिनेता कोइरालालाई टिममा स्वागत गर्न पाउँदा खुसी लागेको निर्देशक दीपक ओलीले बताए । 

अभिनेता कोइरालाले अभिनय गरेका ‘गुरु दक्षिणा’, ‘छोडी गए पाप लाग्ला’, ‘पहिलो पहिलो माया’, ‘किन लाग्छ माया’, ‘पल’, ‘मसान’, ‘अपवाद’, ‘सो सिम्पल’, ‘६ एकान ६’, ‘हाइवे टु धम्पुस’लगायतका चलचित्रको चर्चा हुने गर्छ । उनले सात वर्षमा २७ चलचित्रमा अभिनय गरेका थिए ।

स्पेनिस भाषामा ‘कामिनो’को अर्थ बाटो हो । जोखिमपूर्ण तरिकाले अमेरिका प्रवेश गर्न चाहनेको संघर्षको कथामा निर्माण हुने चलचित्र आउँदो वैशाखबाट छायाङ्कनमा जाने तयारी रहेको कार्यकारी निर्माता सुनिल विष्ट गौलीले जानकारी दिए । चलचित्र नेपाली, हिन्दी, अङ्ग्रेजी र स्पेनिससहित चार भाषामा चलचित्र प्रदर्शन गरिनेछ । 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १०:५१:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया