बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।  

त्यस्तै, शुक्रबार १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

५ रुपैयाँले बढेको चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ गरिएको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार ११:१८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया