फिलिपिन्समा सडक दुर्घटना : ६ प्रहरीसहित सातको मृत्यु, २२ जना घाइते

दक्षिणी फिलिपिन्समा शनिबार भएको सवारी दुर्घटनामा ६ प्रहरी अधिकृतसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा २२ जना घाइते भएका छन् । 

मिसामिस ओरिएन्टल प्रान्तमा दुईवटा यात्रुवाहक भ्यान दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै भ्यान इलिगान सिटीबाट कागायन डे ओरो सिटीतर्फ गइरहेका बेला मालवाहक ट्रकलाई उछिन्न खोज्दा आपसमा ठोकिएका थिए । दुर्घटनामा घाइते भएका एक प्रहरीको अवस्था गम्भीर छ ।   





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १२:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया