साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार ओरालो लागेको छ । नेप्से परिसूचक ६०.८८ अंकले घटेर २११२.७५ बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ अंकले घटेर ४०४.४३ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आइतबार १४ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नादी ग्रुप पावर र तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ।
आइतबारको कारोबारमा सबै उपसचकमा ओरालो लागेको छ। कारोबारमा खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ४.४८ प्रतिशतले बढेको छ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।