लुम्बिनीका सात मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेश सरकारका सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई शपथ दिलाएका हुन् ।

शनिबार एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एकजना मन्त्री नियुक्त भएका थिए । नियुक्त भएका मन्त्रीलाई दाङको राप्ती गाउँपालिका मौरीघाट आयोजित समारोहमा पद तथा गोपनीयताकाे शपथ गराइएकाे हाे ।

आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भैतिक पूर्वाधार विकासमन्त्री इन्द्रजित थारु, स्वास्थ्यमन्त्री विष्णुप्रसाद पन्थी, वन तथा वातावरणमन्त्री दुर्गाप्रसाद चौधरी, उद्योग, पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्थामन्त्री तुलसीराम शर्मा र सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।





  • प्रकाशित मिति : माघ २९, २०७९ आइतबार १६:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया