प्रिमियर लिगमा भिल्लाविरुद्ध सिटी ३–१ ले विजयी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले एस्टन भिल्लालाई ३–१ ले हराएको छ । गएराति सम्पन्न खेलमा सिटीको जितमा रोड्री, इल्के गुन्डोगान र रियाद महरेजले एक/एक गोल गरे ।  

भिल्लाका  ओली वाट्किन्सले एक गोल फर्काए । खेलको चौथो मिनेटमा रोड्रीले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । खेलको ३९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दा सिटी २–० ले अघि बढ्यो । 

पहिलो हाफको इन्जुरी समयमा रियाद महरेजले पेनाल्टीबाट गोल गर्दा सिटीले ३–० को अग्रता लियो । ६१ औं मिनेटमा एस्टनका ओली वाट्किन्सले गोल गरे पनि सिटीले ३–१ को जित निकाल्न सफल भयो ।  

यो जितसँगै सिटी फेरि दोस्रो स्थानमा उक्लिएको छ । उसले २२ खेलमा ४८ अंक जोडेको छ । २२ खेलबाट २८ अंक जोडेको भिल्ला ११ औं स्थानमा छ । 





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार ७:२९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया