स्पेनिस ला लिगा फुटबलमा भिल्ला रियलिवरुद्ध बार्सिलोना १–० ले विजयी भएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाको जितमा पेड्रीले निर्णायक गोल गरे ।
उनले १८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको असिस्टमा गोल गरेका थिए । यो जितसँगै शीर्ष स्थानको बार्सिलोनाले २१ खेलबाट ५६ अंक जोडेको छ ।
ऊ दोस्रो स्थानको रियल मड्रिडभन्दा ११ अंकले अगाडि रहेको छ । दोस्रो स्थानमा रहेको रियलको ४५ अंक छ ।
पराजित भिल्ला ३१ अंकका साथ आठौं स्थानमा रहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।