काठमाडौंमा नेपाल - भारत विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु

काठमाडौंमा नेपाल–भारत द्विपक्षीय विदेश सचिवस्तरीय संयन्त्रको बैठक सुरु भएको छ । होटल याक एण्ड एतीमा बैठक आयोजना गरिएको छ । 

उक्त बैठकमा भारतीय टोलीको नेतृत्व विदेश सचिव विनयमोहन क्वात्रा र नेपालको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले गरेका छन् ।

बैठकमा कनेक्टिभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुने भएको छ । परराष्ट्र सचिव पौड्यालको निमन्त्रणामा क्‍वात्राको नेतृत्वमा चार सदस्यीय टोली सोमबार बिहान भारतीय वायु सेनाको जहाजबाट काठमाडौं आइपुगेको हो।





  • प्रकाशित मिति : फागुन १, २०७९ साेमबार १२:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया