काठमाडौं– सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामार्फत आज राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका छन् ।
राजीनामा बुझाएपछि जोशीले आफूलाई काम गर्न नदिइएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । राणा सर्वोच्चमा प्रधानन्यायाधीश बनेपछि उनको जिम्मेवारी खोसेका कारण जोशी कामविहीन थिए ।
जोशी यसअघि प्रधानन्यायाधीशको सिफारिसमा परेका थिए । तर संसदीय सुनुवाइ समितिले उनलाई प्रधानन्यायधीश हुन अस्वीकृत गरेको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि जोशी कायममुकायम प्रधानन्यायाधीश बनेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।