रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति विस्तार गरेको छ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले १६ जना केन्द्रीय सदस्य थप्ने निर्णय लिँदै ४० सदस्यीय बनाएको हो । यसअघि रास्वपा केन्द्रीय समितिमा २४ जना सदस्य थिए।
रास्वपाका अनुसार आजको बैठकले निशा मेहता, अर्जुन अधिकारी, क्रान्ति शिखा धिताल, प्रतिभा रावल, विन्दवासिनी कंसाकार, रूपा शंकर, ध्रुव गिरी, लिमा अधिकारी, रमेश प्रसाईं, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसरकार श्रेष्ठ, टीका संग्रौला ज्वाला, हरि भट्ट र गोमा क्षेत्रीलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।