भारतीय विदेश सचिव क्वात्राले आज पनि राजनीतिक भेटवार्ता गर्ने

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनय मोहन क्वात्राले आज पनि नेताहरूसँग भेटवार्ता गर्ने भएका छन् । उनले आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

सोमबार बिहान काठमाडौं आइपुगेका क्वात्राले हिजै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गरे ।  

उनी काठमाडौं ओर्लिएलगत्तै दुई देशबीच सचिवस्तरीय वार्तासमेत भएको थियो । वार्तामा नेपालले भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई रुट दिन प्रस्ताव गरेको थियो ।  

क्वात्रा आजै स्वदेश फर्कँने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार ८:१५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया