रामकृष्ण ढकाल र अञ्जु पन्तको स्वरमा रहेको गीत ‘जिम्बु झानेर’ को भिडियो सार्वजनिक गरिएको छ । भ्यालेन्टाइन डे विक चलिरहेको सन्दर्भमा प्रेमीहरूलाई लक्षित गरी भिडियो सार्वजनिक गरिएको हो ।
गीतमा निरज सिग्देलको शब्द, शिखर सन्तोषको संगीत रहेको छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र नव मोडल गृष्मा तामाङको अभिनय रहेको छ । सार्वजनिक भिडियोकी निर्देशक दीपा शाक्य हुन् ।
पहिलोपटक अभिनय गरेकी तामाङले समय र सन्दर्भ मिलेको खण्डमा आफूले अभिनयको क्षेत्रमा निरन्तरता दिने बताइन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।