टर्कीमा गत सोमबार बिहान आएको शक्तिशाली भूकम्पबाट भत्किएको भवनको भग्नावशेषबाट एक बालिकाको एक सातापछि जीवितै उद्धार गरिएको छ ।
दक्षिणी टर्कीकी मिरे नामकी ती बालिकालाई भूकम्प गएको १७८ घण्टापछि भग्नावशेषबाट उद्धार गरिएको हो । एउटा भिडिओमा उनलाई अँध्यारोबाट बाहिर निकाल्दै गर्दा उद्धारकर्मीहरूले हर्षोल्लास गरिरहेको देखिन्छ ।
सोमबार नै भग्नावशेषमा १८२ घण्टासम्म फसेका अर्का १३ वर्षीय बालकसहित केहीलाई जीवितै उद्धार गरिएको थियो । टर्की र सिरिया गरी मृतकको संख्या झन्डै ४० हजार पुगेका बेला जीवितै उद्धार गर्ने कुरा दुर्लभ बन्दै गइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।