टर्की भूकम्पमा परी  ज्यान गुमाउनेको संख्या ३७ हजार नाघ्यो

गत हप्ताको सोमबार बिहान टर्कीमा गएको ७.८ म्याग्निच्युडको भूकम्पबाट ज्यान गुमाउनेको संख्या ३७,००० नाघेको छ ।  

टर्कीमा मात्र ३१,९७४ जनाको मृत्यु भएको छ भने सिरियामा ५,८०० जनाको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

राष्ट्रसंघले सिरियामा ५३ लाख मानिस घरबारविहीन भएको आशंका गरेको छ । राष्ट्रसंघले करिब ९ लाख जनालाई तत्काल खाद्यान्नको आवश्यकता रहेको जनाएको छ ।


टर्की सरकारले भूकम्पमा भत्किएका भवन निर्माणमा संलग्नमाथि अनुसन्धान गरिरहेको छ ।





  • प्रकाशित मिति : फागुन २, २०७९ मंगलबार २२:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया