\


फ्रान्ससँग २५० एयरबस विमान खरिद गर्दै एयर इण्डिया
फरकधार / ३ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

एयर इण्डियाले फ्रान्सको एयरबसबाट २ सय ५० वटा विमान खरिद गर्ने भएको छ । यो निर्णय भारतको विमान खरिदको इतिहासमा सबैभन्दा ठूलो उड्डयन सम्झौता हो । 

‘हामीले एयरबससँग धेरै राम्रो सम्बन्ध बनाएका छौँ । आज म यो घोषणा गर्न पाउँदा खुसी छु कि हामीले एयरबसबाट २ सय ५० वटा विमान खरिद गर्ने इरादा पत्रमा हस्ताक्षर गरेका छौँ,’ टाटा सन्सका अध्यक्ष नटराजन चन्द्रशेखरनले घोषणा गरेका छन् । टाटा सन्सका अध्यक्षले प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको उपस्थिति रहेको भर्चुअल कार्यक्रममा सो धारणा राखेका हुन् ।

सम्झौतामा ४० ए३५० वाइड बडी अल्ट्रा लङरेन्ज विमान समावेश छन् भने बाँकी न्यारो बडी विमान हुनेछन् । ‘हामीसँग माग बढेपछि फ्लिट अर्डरहरू बढाउन महत्त्वपूर्ण विकल्पहरू हुनेछन्,’ चन्द्रशेखरनले भने । 

भर्चुअल सम्मेलनमा नागरिक उड्डयन मन्त्री ज्योतिरादित्य सिन्धिया, वरिष्ठ उद्योगपति रतन टाटा र अन्य नेताहरूसमेतको उपस्थिति रहेको थियो ।



‘एयरबसका लागि एयर इण्डियाको पुनरुत्थानको स्क्रिप्टमा मद्दत गर्नु ऐतिहासिक क्षण हो,’ एयरबसका प्रमुख कार्यकारी गुइलाउम फौरीले भिडियो सम्मेलनमा भनेका छन् । एयर इन्डियाले भर्खरैका अर्डरहरूमार्फत आफ्नो आन्तरिक र अन्तरराष्ट्रिय नेटवर्कलाई बढावा दिन विमानहरूको रिमिक्स खोजिरहेको थियो ।  



  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार ७:६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया