logo-img

साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा हुने

साफ च्याम्पियनसिपको १४ औं संस्करण भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबारको भुर्चअल बैठकले यो वर्षको साफ च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।

दक्षिण एसियाली फुटबलको पुरुषतर्फको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता भारतमा हुने निश्चित भएपनि आयोजनास्थल र मिति भने पछि तय हुनेछ । आगामी मार्च १० सम्म आयोजनास्थल र मिति तय हुने बताइएको छ ।

भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथोपटक हो । यसअघि सन् १९९९, २०११ र २०१५ मा च्याम्पियनसिप भारतमा भएको थियो । 

बंगलादेशले तीनपटक, नेपाल, पाकिस्तान, माल्दिभ्स र श्रीलंकाले समान दुई/दुईपटक साफको आयोजना गरिसकेका छन् । सन् २००८ को संस्करण भने माल्दिभ्स र श्रीलंकाले संयुक्तरूपमा आयोजना गरेका थिए ।  

नेपालले सन् १९९७ र पछिल्लोपटक २०१३ मा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । साफ च्याम्पियनसिपको उपाधि नेपालले अहिलेसम्म जित्न सकेको छैन । पछिल्लोपटक सन् २०२१ मा माल्दिभ्समा भएको च्याम्पियनसिपको फाइनलमा पुग्नु नै नेपालको लागि सबैभन्दा ठूलो उपलब्धि हो । 

फाइनलमा नेपालले भारतसँग ३–० को हार बेहोरेको थियो । साफ च्याम्पियनसिप भारतले सर्वाधिक ८ पटक उपाधि जितेको छ ।   





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया