\


केपी ओलीलाई प्रदीप पौडेलले भने– सुपर प्रधानमन्त्री, अहिले सुस्ताए
फरकधार / ३ फागुन, २०७९
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नहरु गरेका छन् । आजको प्रतिनिधि सभा बैठकमा उनले यस्ता प्रश्न गरेका हुन् ।

केही समयअघि संसदमा ओलीले गरेको सम्बोधनको विषयमा पनि पौडेलले प्रश्न गरेका छन् ।

उनले ओलीलाई प्रश्न सोधेका छन्, ‘जसपालगायतका दलहरु किन बैठकमा गएका छैनन् ?’ सरकार सन्चालनका लागि बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा यी दलहरु नपुगेपछि उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले सोधेका छन्, ‘के यो सब भएको कांग्रेसले ढोक्सा थापेर हो ? राप्रपाका मन्त्रीहरुलाई प्रधानमन्त्रीले संसदबाटै किन चेतावनी दिनु परेको थियो, रास्वपाले किन मन्त्री फिर्ता बोलायो ? कांग्रेसले षडयन्त्र गरेर हो ?’



उनले अहंकारले देश नबन्ने पनि बताएका छन् ।

‘प्रधानमन्त्रीभन्दा माथि सुपर प्रधानमन्त्री भएर जुन फुर्ती प्रस्तुत गरिएको थियो, आज किन सुस्त छ ?’ उनले ओलीलाई भनेका छन्, ‘बालुवाटार र बालकोट दौड व्यापक बढेको छ ।’



  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १७:३८:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया