एमालेलाई रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छः प्रदीप पौडेल

नेपाली कांग्रेसका सांसद प्रदीप पोडेलले एमालेलाई अहिले रबरस्ट्याम्प प्रधानमन्त्री चाहिएको टिप्पणी गरेका छन् । उनले अहिलेको सत्ता गठबन्धन बालकोटमा हतारहतार तयार पारिएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नै एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्धक्क भएर काम गर्न नदिएको आरोप लगाएका छन् ।

उनले ओलीलाई सुपरप्रधानमन्त्रीको संज्ञा पनि दिएका छन् ।

ओलीले अहिले सुपरप्रधानमन्त्रीका रुपमा व्यवहार गरिरहेको र तत्कालीन ओली सरकारमा भएको संसद विघटन पनि कायरता भएको प्रदीप पौडेलले बताएका छन् ।

‘संसद विघटनको महिमा गान भएको हामीले यही सदनमा सुन्यौँ,’ केही दिनअघि एमाले अध्यक्ष ओलीले गरेको संसदको सम्बोधनलाई स्मरण गर्दै पौडेलले भने, ‘वास्तवमा संसद विघटन कायरता थियो । कायरतालाई छोप्न बहादुरी प्रदर्शन गर्ने कोशिस गरिएको छ । म चुनौति दिन चाहन्छु– अब कायरता दोहोरिन दिइने छैन ।’

पौडेलले अहिले नेकपा एमालेलाई राष्ट्रपति नभएर रबर स्ट्याम्प राष्ट्रपति, आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति र आवश्यक परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको आरोप लगाएका छन् ।

‘राष्ट्रपति यहाँ चाहिएको होइन, रबर स्ट्याम्प राष्ट्रपति चाहिएको छ । आफ्नै घरमा लालमोहर ल्याएर राखिदिने राष्ट्रपति चाहिएको छ । आवश्यक्ता परे सचिव पनि लुकाइदिने राष्ट्रपति चाहिएको छ । त्यस्तो राष्ट्रपतिको प्रतिवादमा कांग्रेस उत्रिँदै गर्दा काग्रेसले ढोक्सा थापेको भनेर मानिन्छ भने हामी त्यो ढोक्सा राम्रोसँग थाप्न तयार छौँ,’ पौडेलले भने । 





  • प्रकाशित मिति : फागुन ३, २०७९ बुधबार १८:४३:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया